चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ थुन्नका लागि दुई वटा नयाँ खोर निर्माण गरिएको छ । देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बाघ राख्नका लागि सङ्घीय सरकारको वन मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज आयोजनाबाट रु २५ लाखको लागतमा खोर निर्माण गरिएको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले देशका विभिन्न भागबाट नियन्त्रणमा लिएर आएका नरभक्षी बाघ राख्नका लागि कसरामा चार कोठे खोर निर्माण गरिएको जानकारी दिनुभयो । “वन मन्त्रालयब