चितवन राष्ट्रिय निकुञ्जमा देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका नरभक्षी बाघ थुन्नका लागि दुई वटा नयाँ खोर निर्माण गरिएको छ । सङ्घीय सरकारको वन मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज आयोजनाबाट रु २५ लाखको लागतमा खोर निर्माण गरिएको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले देशका विभिन्न भागबाट नियन्त्रणमा लिएर …