मौसम बिग्रिएको छ, जहाज दुर्घटनाको कुनै जानकारी छैन : थासाङ गाउँपालिका अध्यक्ष गौचन

१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना भएको भन्ने कुनै जानकारी नआएको मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताएका छन् । ‘हाम्रै गाउँपालिका भएर विमान एयरपोर्ट पुग्ने हो । यहाँ धुम्म बादलसहित पानी परिरहेको छ, दुर्घटनाको कुनै जानकारी आएको छैन,’ गाउँपालिका अध्यक्ष गौचनले टेलिफोनमा अनलाइनखबरसँग भने । मुस्ताङको लेते क्षेत्रमा […]

सम्बन्धित सामग्री

तारा एयरको ट्विनअटरमा सवार २१ जनाको शव फेला, १ जनाको अवस्था अज्ञात

मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर  विमान दुर्घटनामा परेर ज्यान गुमाएका २१ जनाको शव भेटिएको छ । थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको मुस्ताङका डीएसपी रामकुमार दानीले रातोपाटीलाई बताए । विमानमा सवार १ जनाको अवस्था अज्ञात छ । शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । पहिलो चरणमा १० वटा शव लिएर हेलिकप्टर काठमाडौंको लागी टेकअफ भएको डीएसपी दानीले जानकारी दिए । विमानमा सवार १ जनाक

ताराको विमान दुर्घट्नाका विषयमा थासाङ गाउँपालिका उपाध्यक्षको बयान

आईतवार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटना भएको गाउँपालिकाका उपाध्यक्ष सोमलाल हिराचनले जानकारी दिएका छन् । उनका अनुसार विमान थासाङकै कोवाङ वडा नम्बर २ ...

नेपाली सेनाको स्वास्थ्य शिविरबाट २६३ लाभान्वित

मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा आज सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट करिब २६३ जना लाभान्वित भएका छन् । थासाङ गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र जोमसोम अस्पतालसँग थासाङ गाउँपालिकाका बासिन्दालाई लक्ष्य गरेर प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा शिविर आयोजना गरिएको थियो । शिविरमा १५० जनाले नेत्ररोग, ३७ जनाले बालरोग, ३० जनाले पाठेघर, ३२ जनाले दन्तरोग र ८४ जनाले भिडियो एक्सरे सेवा लिएका थासाङ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सीताराम कार्कीले जानकारी दिए । बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषध...

मुस्ताङ हिमपहिरो उद्धारमा खटिएकाहरुको अनुभव

मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आइतबार बिहान अप्रत्याशित रुमपा भीषण हिउँपहिरो खसेपछि मानवीय क्षति रोक्न आइतबार दिनभर नै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधि सक्रिय भए । सुरक्षा अधिकारी घटनास्थलमा जान नसके पनि नजिकका बस्तीमा पुगेर मानवीय क्षति रोक्न दिनभर नै खटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । पहिलो काम …

मुस्ताङ भुर्र्जुङको माथिल्लो क्षेत्रमा हिमपहिरो, भागदौडमा परी सताजना घाइते

धौलागिरि हिमाल क्षेत्रमा आज मध्याह्न हिमपहिरो गएको छ। मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर–२ मा बोक्सी खोला माथि भुर्र्जुङको माथिल्लो क्षेत्रमा हिमपहिरो गएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी...