बाढीका कारण डुबानमा परेको गौरलगायतका क्षेत्रमा पानीको सतह घट्दै

केही दिन यता बाढी र डुबानको चपेटामा परेको रौतहटमा आइतबार विभिन्न खोला तथा नदीका जलस्तर घट्न थालेको छ । बाढीका कारण डुबानमा परेको सदरमुकाम गौरमा पनि पानीको सतह विस्तारै घट्दै गएको छ ।जिल्लाको मध्यभागमा बग्ने झाँझखोला र पश्चिम लालबकैया नदीको जलस्तर घटेसँगै सदरमुकाम गौरमा पनि राहत महसुस गर्न थालिएको छ । अविरल वर्षा र बाढीका कारण डुबानमा परेको गौरमा पानीको सतह घट्दै गएको छ ।शनिबार साँझ ६ बजेसम्म गौरस्थित नर्सिङ क्याम्पस एरिया र भन्सार एरिया डुबानमा परेको थियो । तर आइतबार सबै स्थानमा पानीको सतह कम भइ

सम्बन्धित सामग्री

इन्डोनेसियाको सुराकार्तामा बाढीका कारण हजारौं मानिस प्रभावित

एजेन्सी । इन्डोनेसियाको सुराकार्ता शहरमा लामो समयदेखि जारी भारी वर्षापछि आएको बाढीका कारण हजारौं मानिस प्रभावित भएको स्थानीय प्रकोप न्यूनीकरण निकायले जनाएको छ। जाभा टापुमा रहेको बेन्गावान सोलो नदीले शुक्रबार किनार र सडकहरूका साथै १६ भन्दा बढी उपजिल्लाका घरहरू डुबानमा पारेको छ जसका कारण लगभग २२ हजार बासिन्दाहरू प्रभावित भएका छन्। यद्यपि बाढीबाट हताहतीको विवरण […]

सयौँ घर डुबानमा : सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित

राजापुर : अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन्।सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँ डुबानमा परेका हुन्। स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ। अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धार भइरहेको स्थानीयले बताएका छन्।कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयको भनाइ छ। स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्ने थाहा

विराटनगर विमानस्थल डुबानमा, हवाई उडान अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण  विराटनगर विमानस्थल डुबानमा परेको छ। विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थल अवरुद्ध...

बर्दियामा बाढीका कारण ९६० घर प्रभावित

बर्दिया– बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ । बाढीका कारण ९६० घर डुबानमा परेका छन् । राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ । गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । कर्णाली […]

वर्षा र बाढीका कारण भक्तपुरका विभिन्न क्षेत्र डुबानमा

पुष्करराज बुढाथोकी , भक्तपुर । अविरल वर्षाले आएको बाढीका कारण भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका विभिन्न क्षेत्र डुबानमा परेका हुन् । लगातारको पानीका कारण मनोहरा खोलामा आएको बाढीले सुकुम्बासी क्षेत्रको बस्ती डुबानमा परेको छ । डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलाम्य […]

काठमाडौंमै बाढी, शंखमूल पार्क डुबानमा

२१ भदौ, काठमाडौं । गएराति परेको वर्षाले काठमाडौंमै बाढी आएको छ । बाढीले शंखमूल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् । बागमती र धोबिखोलामा आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न […]

बाढीपहिरो : तीन हजार घर डुबानमा, ९ सयमा क्षति

यसपालीको मनसुनका अवधिमा बाढीका कारण तीन हजार १८० घर डुबानमा परेका छन्।

बाढीका कारण बस्ती डुबानमा

गण्डकी, २४ असार: लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् । लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानी यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह्रसय चौतारा, एकानब्बेको बान्नोलगायतका […]

बाढीका कारण १६५ घर डुबानमा

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चार दिनमा परेको अविरल वर्षपछि आएको बाढीको कारण १६५ वटा घर डुबानमा परेको बताएको छ। तीमध्ये ५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। प्रहरीका अनुसार ६२ वटा घर परिवार विस्थापित भएका छन्। यस्तै बाढीबाट ८७ वटा पशु चौपायको मृत्यु भएको छ।

कालीगण्डकी नदीमा आएको बाढीका कारण रुरु क्षेत्र डुबानमा

कालीगण्डकी नदी र रिडी खोलामा आएको बाढीका कारण गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रूरू क्षेत्र डुबानमा परेको छ । कालीगण्डकी नदीमा पानीको सतह बढ्दा रुरू क्षेत्रमा रहेको ऋषेश्वर मन्दिरको सिँडीसम्म डुबानमा परेको छ ।  रिडी बजार नजिकै कालीगण्डकी किनाराका केही घरमा बाढी पसेको छ । बाढीका कारण मन्दिरमा जाने बाटो डुबानमा परेको छ । केही टहरा डुबानमा परेका छन् ।  कालीगण्डकी नदीमा आएको बाढीका कारण गुल्मी, पर्वत र स्याङ्जाको सेतीवेणी क्षेत्र हिजाे देखि नै डुबानमा परेको थियो । पाल्पाको रानीमहल क्षेत्र पनि डुबानमा ...