कालीगण्डकी नदीमा आएको बाढीका कारण रुरु क्षेत्र डुबानमा

कालीगण्डकी नदी र रिडी खोलामा आएको बाढीका कारण गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रूरू क्षेत्र डुबानमा परेको छ । कालीगण्डकी नदीमा पानीको सतह बढ्दा रुरू क्षेत्रमा रहेको ऋषेश्वर मन्दिरको सिँडीसम्म डुबानमा परेको छ ।  रिडी बजार नजिकै कालीगण्डकी किनाराका केही घरमा बाढी पसेको छ । बाढीका कारण मन्दिरमा जाने बाटो डुबानमा परेको छ । केही टहरा डुबानमा परेका छन् ।  कालीगण्डकी नदीमा आएको बाढीका कारण गुल्मी, पर्वत र स्याङ्जाको सेतीवेणी क्षेत्र हिजाे देखि नै डुबानमा परेको थियो । पाल्पाको रानीमहल क्षेत्र पनि डुबानमा ...

सम्बन्धित सामग्री

बाढीका कारण पर्वतमा ५० घर बिस्थापित

दुर्गाप्रसाद शर्मा, पर्वत । कालीगण्डकी नदी र यसका सहायक नदी तथा खोलामा आएको बाढीका कारण पर्वतमा ५० भन्दा बढी घरपरिवार बिस्थापित भएका छन । बाढीको जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएको जिल्ल प्रशासन कार्यालय पर्वतले जनाएको छ । प्रहरीले जिल्लाभरको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । कालीगण्डकीको बाढीले पर्वत, स्याङ्गजा र गुल्मीको सिमानामा […]