३ महिनामा ३ हजार ६५२ आरोपी फरार

पछिल्लो ३ महिनाको अवधिमा देशभर साइबर अपराध बढेको छ । आर्थिक वर्ष २०७७–०७८ मा वैशाख, जेठ र असारमा भएका घटना तुलना गर्दा यसवर्ष सो अपराध बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले गत वैशाखको भन्दा २०७९ वैशाखमा साइबर अपराध १७५ प्रतिशतले बृद्धि भएको जानकारी दिए ।जेठमा ३६ प्रतिशत र असारमा ५५ प्रतिशतले साइबर अपराध बढेको छ ।  २०७९ वैशाख यताको ३ महिनामा  देशभर १३ हजार १२७ वटा मुद्दा दर्ता भएको छ । अपराधमा संलग्न ९

सम्बन्धित सामग्री

जबर्जस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ

सिरहाको गोलबजारबाट प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार आरोपीलाई पक्राउ गरेको छ। करिब दुई महिनाअगाडिको जबर्जस्ती करणी घटनाका फरार आरोपी गोलबजार नगरपालिका ४ का करिब २१ वर्षीय रोहित दासलाई पक्राउ गरिएको रहेको...

ज्यान मुद्दाका फरार आरोपी बर्दियाबाट पक्राउ

ज्यानसम्बन्धी कसुरमा फरार आरोपीलाई प्रहरीले बर्दियाको गेरुवा गाउँपालिका–४ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेरुवा घर भएका ३६ वर्षीय टिकाराम शुढाक्षेत्री उर्फ श्याम बिसी छन् । २०७२ साउन १६ मा उनले गेरुवा गाउँपालिका–४ बस्ने गंगाधर चालिसेलाई धारिलो हतियार प्रहार गरे हत्या गरेको आरोप छ । हत्यापछि फरार बुढाक्षेत्रीलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।असोज ८ मा पक्रेर आरोपी विरुद्ध बर्दिया जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहे

मानव बेचबिखन मुद्दाका फरार आरोपी मकाउबाट पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एकजना फरार आरोपीलाई प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरेको छ । लमजुङको दोर्दी गाउँपालिका–१ घर भएका ३८ वर्षीय नारायण प्रसाद अधिकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।ईन्टरपोलबाट रेड नोटिस जारी भएका आरोपी  ईन्टरपोल मकाउको समन्वयमा मकाउबाट पक्राउ परेका हुन् । आरोपीलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिसिभ गरेको छ । उनले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनेर क्यानेडियन कम्पनीमा जागिर म

सजिलै छुट्ने आशामा काठमाडौं आउन थाले सुनकाण्डका आरोपी

२० पुस, काठमाडौं । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या सम्बन्धी मुद्दामा फरार रहेका आरोपी धमाधम काठमाडौं आउन थालेका छन् । साढे ३३ किलो सुनका मालिम मोहनकुमार अग्रवाल समेत धरौटीमा छुटेपछि फरार रहेका अन्य आरोपी पनि काठमाडौं आउन थालेका हुन् । मंगलबार यो प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश […]

मानव बेचविखन मुद्दाका फरार आरोपी ३० वर्षपछि पक्राउ

मानव बेचविखन मुद्दाका फरार आरोपी नुवाकोट सूर्यगढी गाउँपालिका–२ घर भएका ५० वर्षीय टेकबहादुर लामिछानेलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । पुस ११ मा उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–४ लोलाङ हाईटबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।काठमाडौं नयाँबजार डेरा गरी बस्ने महिलाको श्रीमान बिरामी भएर अस्पतालमा बसेको मौकामा टेकबहादुरले उनलाई ‘श्रीमती बनाउँछु, दुःख गर्नुपर्दैन’ भनेर ललाई फकाई २०४९ जेठ ३० मा काँकडभिट्टा हुँदै भारतको नयाँदिल्ली लगेर बेचेको प्

बलात्कार गरी फरार रहेका दुई आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कार गरेर फरार दुईजनालाई पक्राउ गरेको छ। १७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार कपिलवस्तु बाणगंगा नगरपालिका–१ पिपराका २१ वर्षीय चन्द्र बहादुर थापा र ३१ वर्षीया महिलालाई...

चार दिनमा उनान्नब्बे फरार आरोपी पक्राउ

चितवन, १२ भदौ: जिल्ला प्रहरी कार्यालय चितवनले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा […]

उनान्नब्बे फरार आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालयले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चोरी, लागुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका व्यक्ति रहेको उनले जानकारी दिउ ।उनीहरुलाई फ

हत्या अभियोगका फरार आरोपी पक्राउ

तनहुँमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका १ आरोपी २ महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैंटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  गुरुङलाई आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका गुरुङविरुद्ध आइतवार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।  विक्रम संवत् २०७७ फागुन २० गते व्यास–७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोर...