इरानको राजधानी तेहरानमा शुक्रबार लाखौँ मानिस सहभागी सरकारद्वारा आयोजित विशाल प्रदर्शन भएको छ। अमेरिका र इजरायलसँग युद्ध सुरु भएयताकै ठूलो सरकार समर्थित प्रदर्शनमा सहभागीहरूले आवश्यक परे देशको रक्षाका लागि हतियार उठाउन तयार रहेको सन्देश दिएका छन्। ‘जन्फदाय-ए इरान’ अर्थात् इरानका लागि बलिदान दिन तयार नागरिक भन्ने अभियानअन्तर्गत स्वयंसेवकहरू तेहरानको केन्द्र हुँदै मार्चमा सहभागी भएका थिए। […]
सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी बिमाको प्रिमियममा अधिकतम ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण तथा कृषकलाई राहत उपलब्ध गराउन तीनै तहका सरकारबाट आवश्यक व्यवस्था भइरहेको बताइन्। उनका अनुसार आगलागी, हुरीबतास, जङ्गली जनावर, बाढी, खडेरी तथा असिनालगायत कृषकको काबुबाहिरका जोखिमबाट […]
सरकारले इनभिट्रो फर्टिलाइजेसन (आइभीएफ) तथा सरोगेसीलाई स्पष्ट र प्रभावकारी कानुनी दायरामा ल्याउन नयाँ कानुनी व्यवस्था गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ भित्र यससम्बन्धी विधेयक सङ्घीय संसदमा पेस गर्ने तयारी गरिएको छ। राष्ट्रियसभामा सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी सङ्कल्प प्रस्तावमाथि जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइभीएफ र सरोगेसी फरक […]
दुबईको एयरलाइन्स फ्लाइ दुबईले नेपालमा आफ्नो दोस्रो गन्तव्यका रूपमा पोखरामा दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनीले असोज ७ गतेदेखि दुबई र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सुरु गर्ने जनाएको छ। नयाँ सेवा सञ्चालनमा आएपछि फ्लाइ दुबई संयुक्त अरब इमिरेट्स (यूएई)बाट पोखरासम्म प्रत्यक्ष नियमित उडान गर्ने पहिलो एयरलाइन्स बन्ने कम्पनीको दाबी छ। फ्लाइ […]
नेपाल मेडिकल काउन्सिलमा पाँच जना नयाँ सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यमा डा. गोपालकुमार चौधरी, डा. प्रतिभा विष्ट रोका, डा. श्यामेन्द्रबहादुर सिंह, डा. बोधविक्रम कार्की र डा. सुभित मास्के रहेका छन्। नियुक्त भएका पाँचै सदस्यले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल मेडिकल काउन्सिल चिकित्सकको दर्ता, चिकित्सा […]
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्ले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका छन्। नियुक्तिअघि उनी प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। श्रेष्ठले सन् १९९७ नोभेम्बरमा नेपाल विद्युत् प्राधिकरणमा सेवा सुरु गरेका हुन्। उनको बायोडाटाअनुसार उनीसँग विद्युत् क्षेत्रमा […]