कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री चयन गर्नका लागि बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक निष्कर्षविहीन भएको छ । माघ २३ गते गैरसांसद समेत ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाबमोजिम मन्त्रीमा नियुक्त भएका हुम्लाका छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सोमबार सकिएपछि मन्त्रीको टुंगो लगाउन दलको बैठक बसेको थियो ।