बजेटमा सत्तारूढ दलभित्रै असन्तुष्टि

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको आकार वृद्धि र त्यसमा समेटिएका कार्यक्रमप्रति सत्तारूढ दलभित्रै असन्तुष्टि देखिएको छ । सरकारले चालू आर्थिक वर्ष (आव) को तुलनामा डेढ खर्ब धेरैले आकार बढाएर आगामी वर्षका लागि बजेट प्रस्तुत गरेको थियो । संघीय संसद्को बिहीवारको बैठकमा सत्तारूढ घटक नेपाली कांग्रेसका सांसद् गगन थापाले अर्थमन्त्रीलाई बजेटको आकार बढाउनुको कारण सोधेका छन् । बैठकमा बोल्दै थापाले बजेटले अंगीकार गरेको सिद्धान्त र लिएको प्राथमिकता ठीक भए पनि खर्च गर्ने क्षमता, स्रोत व्यवस्थापनलगायत विषयमाथि प्रश्न उठाएका हुन् । उनले बजेटको आकार बढाइँदा कार्यान्वयनमा प्रश्न उठेको बताए । उनले भने, ‘गतवर्षकै बजेट खर्च हुन सकेको छैन, बढेको बजेट खर्च गर्ने आधार के हो ?’ आगामी आवमा ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्च छुट्ट्याइएको छ । चालू आवमा विनियोजन गरिएको ३ खर्ब ७८ अर्बमध्ये हालसम्म ३३ प्रतिशतमात्रै खर्च भएको छ । सांसद् थापाले स्रोत व्यवस्थापनका बारेमा पनि अर्थमन्त्रीसँग जवाफ मागेका छन् । वैदेशिक अनुदान आउने आधारमा पनि थापाले प्रश्न गरे । उनले भने, ‘यो वर्ष ६३ अर्बमा २४ अर्ब आयो । आगामी आवमा ५५ अर्ब आउने आधार के हो ?’ थापाले बजेट कार्यान्वयनको समयमा पारदर्शिताको आधार के हो ? भनेर अर्थमन्त्रीसँग जवाफ मागेका छन् । विभागीय मन्त्रालयबाट आएका कार्यक्रम अर्थ मन्त्रालयले थपघट गरेकोप्रति पनि सांसद् थापाले प्रश्न गरे । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले बीमासम्बन्धी कार्यलाई सरकारले बुझ्न नसकेको भएर नै कम्पनीलाई दिने योजना ल्याएको भन्दै आलोचना गरे । उनले भने, ‘स्वास्थ्य बीमालाई बीमा कम्पनीमार्फत चलाउने भनिएको छ । स्थानीय पूर्वाधार विभाग खारेज गरेर भौतिक पूर्वाधार मन्त्रालयमा गाभिदियौं । यो मन्त्रालयले माग गरेको हो कि आफै गरिएको हो ? बिजुली गाडीमा कर परिवर्तन गर्दा ऊर्जा मन्त्रालयसँग छलफल गरियो कि गरिएन ?’ बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सरकारले ल्याएको बजेटमाथि प्रश्न उठाए । ज्ञवालीले ठूला योजनालाई राजनीतिक ध्येय साँध्न नगिजोल्न सरकार र सत्तारूढ दलका नेताहरूलाई सुझाव दिएका छन् । उनले बूढीगण्डकीजस्ता विद्युत् परियोजनालाई नगिजोल्न सुझाव दिएका हुन् । ‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ तर तपाईंहरूका क्रियाकलापले विदेशी लगानीकर्तालाई लगातार हतोत्साहित गरिरहेको छ । हिजो गिजोल्नसम्म गिजोलियो एमसीसी, पछि के देख्नुभयो तपाईंहरूले, सत्ता जान्छ भन्ने ठान्नुभयो कि के ठान्नुभयो, कुरा त जहाँको त्यहीँ छ तर एमसीसी पास गर्नुभयो, धन्यवाद भन्छु मैले,’ उनले भने । उनका अनुसार नेपालमा लगानी गर्न आउनेहरू नाफा कमाउनकै लागि आउने भएकाले वैदेशिक लगानीको नीतिमा अस्थिर बनेर लगानीको वातावरण बिथोल्नु हुँदैन । बजेटमाथिको छलफलमा भाग लिँदै माओवादी नेता एवं सांसद गिरिराजमणि पोखरेलले अर्थमन्त्रीले ल्याएको बजेट विवादरहित बन्न नसकेको बताए । अर्थमन्त्री शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमासम्बन्धी कार्यलाई बुझ्न नसक्दा कम्पनीको जिम्मा लगाउने योजना आएकोमा उनले टिप्पणी गरे । ‘मैले समर्थन गर्न नसक्ने कुरा, स्वास्थ्य बीमा कम्पनीलाई दिइने भनिएको छ । वर्तमान प्रधानमन्त्रीको नेतृत्वका बेलामा ८० दिनजति म क्याबिनेट सदस्य भएँ । त्यतिबेला पास गरेको ऐन हो, यो । प्रचण्डको नेतृत्वमा गगनजीहरूले लामो गृहकार्य गर्नुभएको थियो, त्यसलाई हामीले सदनबाट पास गर्‍यौं,’ उनले भने, ‘अहिले यसलाई कम्पनीलाई दिने भन्ने कुरा कुनै कोणबाट हेर्दा पनि मैले बुझ्न सकेको छैन । म पुनरवलोकन गर्न आग्रह गर्दछु किनभने यो युनिभर्सल कभरेजको कन्सेप्टबाट आएको हो । नाफा र नोक्सानको कोणबाट आएको होइन । हामीले डब्ल्यूएचओसँग जेजति गाँसिएर संरचना बनाएका छौं, यो कुरा ऐनसँग पनि मेल खाँदैन । यो सामाजिक उत्तरदायित्वसँग गाँसिएको कुरा हो । यसको सरोकारवाला मन्त्रालय स्वास्थ्य मन्त्रालय नै हो । यसलाई अर्थतिर लैजान खोजिएको जस्तो बुझिएको छ ।’ बीमा सम्बन्धमा ल्याएको बजेटको व्यवस्थामा थप छलफल हुनुपर्ने पोखरेलको माग थियो । ‘म समर्थन गर्न सक्दिनँ । स्वास्थ्यको बजेट अहिले आएको आवश्यकताअनुसार पुगेको छैन । बजेट छुट्ट्याउँदा पालिका र प्रदेशलाई ध्यान दिएर काम गरौं,’ उनले भने । पोखरेलले सरकारले ल्याएको स्वास्थ्य बीमा नाफा र नोक्सानको कोणबाट नआएको बताएका थिए । उनले विश्व स्वास्थ्य संगठनसँग जोडिएर बनाएका संरचनासँग पनि स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरा मेल नखाने बताए । कर्मचारी र शिक्षकको तलब वृद्धि गर्दा विद्यालय कर्मचारी र बालविकास शिक्षकको तलब वृद्धि नभएकोमा पनि उनले विरोध गरे । 

सम्बन्धित सामग्री

बजेटमा सत्तारूढ दलकै असन्तुष्टि

सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै असन्तुष्टि जनाएको हो।...

पार्टीमा विद्रोह गर्ने मुडमा किन पुगे महामन्त्री गगन थापा ?

काठमाडौं, १४ असोज । मंसिर ४ गतेको निर्वाचन नजिकिएसँगै ठूला दलमा असन्तुष्टि बढेको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र शेखर कोइराला समूहले छुट्टै भेला आयोजना गरेर नेतृत्वमाथि दबाब सिर्जना गरेको छ । निर्वाचनमा गुटलाई प्रश्रय दिएको भन्ने कोइराला पक्षले देउवासमक्ष आरोप लगाएको छ । उता, पार्टीका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने […]

आचारसंहितामा कांग्रेस असन्तुष्टि

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगले लागू गर्ने निर्णय गरेको निर्वाचन आचारसंहिता २०७९ प्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहितामा प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारमा जान रोक लगाइएकोप्रति आपत्ति जनाएको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ‘प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारप्रसारमा रोक लगाइन’ नहुने […] The post आचारसंहितामा कांग्रेस असन्तुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्तारूढ पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएको छ । गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएपछि प्रमुख दुई कम्युनिस्ट पार्टी अलग्निे चेतावनी दिएका छन् । नेपाली कांग्रेसभित्र अहंकार बढ्दै गएको निष्कर्षसहित उनीहरू असन्तुष्ट भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सत्तारूढ दल कांग्रेसको विरोध गर्दै भित्रभित्रै पार्टी एकीकरण विषयमा घनिभूत […] The post सत्तारूढ पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

नागरिकता विधेयकप्रति सांसद  भुसालको असन्तुष्टि

सत्तारुढ दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आमाको नाममा पनि नागरिकता दिने संवैधानिक व्यवस्थालाई नसमेटी ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ ल्याएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । शुक्रबार प्रतिनिधिसभा...

गठबन्धनको गन्जागोलमा कांग्रेस

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले गरेका निर्णय गठबन्धनबाट उल्टाइएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । महाधिवेशन र महासमितिपछिको सर्वोच्च संस्था केन्द्रीय समिति बैठकको निर्णय गठबन्धनका नाममा उल्टाएर कार्यसम्पादन समितिबाट अनुमोदन गराउन खोजेपछि स्थानीय नेताहरूले सामूहिक राजीनामा दिएका छन् । केन्द्रका नेताहरूमा पनि असन्तुष्टि बढेको छ । गएको चैत १५...

तालमेलले कांग्रेसमा फेरि विवाद

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र चुनावी तालमेलको विषयले असन्तुष्टि बढ्दै गएको छ । कांग्रेसभित्र तालमेलको विषयले केन्द्रदेखि जिल्ला तह हुँदै स्थानीय तहसम्म असन्तुष्टि बढ्न थालेपछि सत्तारूढ दलका बीचमा हुने भनिएको चुनावी तालमेलमा पनि गडबडी देखिन थालेको छ । पार्टी केन्द्रले सत्तारूढ पाँच दलबीच गरेको गठबन्धनको निर्णय जिल्ला तथा स्थानीय तहले नमान्ने भन्दै धमाधम […] The post तालमेलले कांग्रेसमा फेरि विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस संस्थागत रूपमै गठबन्धनतिर

आसन्न ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनमा प्रमुख सत्तारूढ दल कांग्रेसले अहिलेको पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने भएको छ । इतर समूहको असन्तुष्टि रहे पनि सभापति शेरबहादुर देउवाकै योजनाअनुसार कांग्रेस...

विवादीत राजनीतिक नियुक्तिप्रति नेकपामा असन्तुष्टि

सत्तारूढ दल नेकपाको काठमाण्डूमा जारी स्थायी कमिटी बैठकमा कतिपय नेताहरूले सरकारले गर्ने राजनीतिक नियुक्तिमा गलत नियत भएका व्यक्तिहरूको नियुक्ति भएको भन्दै प्रश्न उठाएका छन्।