अमेरिकाले जबर्जस्ती युद्धतिर धकेल्दै गरेको पुटिनको आरोप

युक्रेनको विषयमा अमेरिकाले जबरजस्ती युद्धतिर धकेलिरहेको आरोप रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले लगाएका छन्। युक्रेनको विषयले युरोपमा तनाव कायम रहेको केही सातापछि मात्रै उनको महत्त्वपूर्ण अभिव्यक्ति आएको हो। उनले सोझै अमेरिकाले युद्धका लागि उक्साइरहेको टिप्पणी गरेका हुन्। युरोपमा नाटो गठबन्धनमा रसियाको चासोलाई अमेरिकाले बेवास्ता गरिरहेको आरोप पनि लगाएका छन्।  रसियाको सेना…

सम्बन्धित सामग्री

अमेरिकाले ४ बेलुन खसालेपछि आफ्नो आकाशमा अमेरिकाले १० बेलुन उडाएको चीनको आरोप

अमेरिकी सेनाले अमेरिकाको आकाशमा उडिरहेका कारभन्दा ठूला ४ बेलुन खसालेपछि आफ्नो आकाशमा अमेरिकाले १० वटा जासुसी बेलुन उडाएको चीनले आरोप लगाएको छ । अमेरिकाले बेइजिङको अनुमति बिना जनवरी २०२२ देखि चिनियाँ आकाशमा १० वटा जासूसी बेलुनहरू उडाएको चीनले सोमबार दावी गरेको । जासुसीका बारेमा आपसी आरोपले दुई देशहरू बीचको तनावलाई अझ बढाएको छ। फेब्रुअरी ४ […]

अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको मलेसियाका पूर्वप्रधानमन्त्रीकाे आरोप

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् ।

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ । सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न भएको आरोप लगाएको हो ।   अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ । एकपक्षीय अमेरिकी प्रतिब

अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको रुसका राष्ट्रपति पुटिनको आरोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । युक्रेनको विषयलाई लिएर अमेरिकाले युद्धमा तान्न खोजेको उहाँको आरोप छ । यद्यपि उहाँले वार्ता र सम्वादको सम्भावना कायमै रहेको बताउनुभएको बीबीसीले जनाएको छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे आफूहरुले राख्दै आएको चासोलाई बेवास्ता गरिरहेको पुटिनको टिप्पणी छ । रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि तनाव बढेको छ । रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुने...

अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको रुसको आरोप

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गरेको आरोप लगाउनुभएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको टेलिफोन संवादमा पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग सङ्गठन नाटोले सहयोग गर्नु गलत भएको भन्दै अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको आरोप लगाउनु भएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्न सक्ने भन्दै सचेत रहन युक्रेनलगायत पश्चिमा देशहरुलाई आग्रह गर्नुभएको थियो । रुसले पछिल्लो तनाव समाधान हुने सम्भावना निकै कम...

आफ्नो आकाशमा अमेरिकाले ड्रोन गस्ती गरेको अफगानिस्तानको आरोप

काठमाण्डाै – अमेरिकाले आफ्नो आकाशमा ड्रोन गस्ती गरेको अफगानिस्तानले आरोप लगाएको छ । पाइलटविहीन ड्रोन गस्ती रोक्न अमेरिकालाई आग्रह समेत गरेको बख्तर न्यूज एजेन्सीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी अमेरिकालाई अफगान सरकारले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरिएको छ । अमेरिकाले ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको त्यहाँका अधिकारीहरुले टिप्पणी गरेका छन् । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस लडाकुहरूले गतिविधि सञ्चालन गर्नसक्ने भन्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियाली...

अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको चीनकाे आरोप

अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ। उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङ्गमाथि दमनकारी भएको आरोप लगाउँदै प्रतिबन्ध तथा उच्च पारिएको सीमा शुल्क हटाउन चीनले वासिङ्गटनलाई सुझाव दिएको छ। चिनियाँ विदेश मन्त्री वाङ्ग यीले राम्रो निर्णय गर्ने–नगर्ने अमेरिकाको हातमा रहेको बताएका छन्। अमेरिकाका उप विदेश मन्त्री वेण्डी शर्मनसँगको वार्ताको क्रममा […]