बिहानको ७ बज्यो । ई–रिक्सा चालक केदार तिमल्सिना दायाँबायाँ हेर्न थाल्छन् । कान तिखो पारेर सिठी बजेको छ–छैन, सुन्छन् । उनले यात्रु हेरेका होइनन्, ट्राफिक प्रहरी आएर लखेट्लान् भनेर चनाखो बसेका हुन् । ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सिठी र हप्कीदप्कीबाट ई–रिक्सा, माइक्रो र टेम्पो चालकको दैनिकी यस्तै संशयबाट सुरु हुन्छ ।