पोखराका मेयर जिसीलाई मस्तिष्कघात हेलिकप्टरमार्फत काठमाडौं लगियो

पोखराका मेयर मान बहादुर जिसीलाई मस्तिष्कघात भएको छ । थप उपचारका लागी उहाँलाइ भरखरै काठमाडौं लगिएको छ । बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए । । थप उपचारका लागि मनिपाल हस्पिटलबाट हेलिकप्टर मार्फत काठमाडौं लगिएको मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिनु भयो । हेली एभरेष्टमार्फत उहाँलाई काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा लगि उपचार गरिने भएको छ ।

सम्बन्धित सामग्री

पोखराका मेयर जीसीको अवस्था सुधारोन्मुख

१ साउन, पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीको स्वास्थ्यमा केही सुधार आएको सचिवालयले जनाएको छ । मस्तिष्कघात भएपछि उनको अहिले काठमाडौं, बाँसबारीस्थित स्नायु (न्यूरो) अस्पतालमा उपचार भइरहेको छ । ‘बिहानभन्दा केही सुधार आएको छ । दिउँसो यहाँ (काठमाडौं) ल्याउँदासम्म आँखा पनि खोल्नु भएको थिएन,’ महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले भनिन्, ‘उपचार जारी छ । तर, […]

पोखराका मेयरलाई मस्तिष्कघात, हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी

पोखरा । पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उनलाई अहिले बिहान ४ बजेतिर मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । उनका अनुसार मेयरको अवस्था अहिले सुधारोन्मुख छ ।  मेयर जिसीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको भए पनि...

पोखराका मेयर जिसीलाई मष्तिष्कघात

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ । जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो। मस्तिष्कघात भएपछि उहाँलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको बताईएको छ । मेयर जिसीलाइ थप […]