पोखराका मेयर जीसीको अवस्था सुधारोन्मुख

१ साउन, पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीको स्वास्थ्यमा केही सुधार आएको सचिवालयले जनाएको छ । मस्तिष्कघात भएपछि उनको अहिले काठमाडौं, बाँसबारीस्थित स्नायु (न्यूरो) अस्पतालमा उपचार भइरहेको छ । ‘बिहानभन्दा केही सुधार आएको छ । दिउँसो यहाँ (काठमाडौं) ल्याउँदासम्म आँखा पनि खोल्नु भएको थिएन,’ महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले भनिन्, ‘उपचार जारी छ । तर, […]

सम्बन्धित सामग्री

पोखराका मेयरलाई मस्तिष्कघात, हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी

पोखरा । पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उनलाई अहिले बिहान ४ बजेतिर मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । उनका अनुसार मेयरको अवस्था अहिले सुधारोन्मुख छ ।  मेयर जिसीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको भए पनि...

पोखराका मेयर जिसीलाई हृदयाघात

पर्वत :  पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ। मेयर जिसीलाई शुक्रबार बिहान हृदयाघात भएको र अहिले  पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए।मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याउने तयारी भइरहेको बरालले बताए।