पोखराका मेयर जिसीलाई मष्तिष्कघात

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ । जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो। मस्तिष्कघात भएपछि उहाँलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको बताईएको छ । मेयर जिसीलाइ थप […]

सम्बन्धित सामग्री

पोखराका मेयर आचार्यले स्वकीय सचिवबाट भतिजलाई हटाए

४ माघ, पोखरा । पोखराका मेयर धनराज आचार्यले आफ्नो स्वकीय सचिवबाट भतिज खेमराजलाई हटाएर एकीकृत समाजवादी कास्की उपाध्यक्ष पूर्ण लामालाई नियुक्त गरेका छन् । आचार्य मेयर भएसँगै भतिज खेमराजले स्वकीय सचिवको रुपमा काम गर्दै आएका थिए । मेयर आचार्यले स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐन विपरीत हुने गरी भतिजलाई स्वकीय सचिव राखेको […]

पोखराका करोडपति मेयर

४ साउन, पोखरा । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण अनुसार उनले पुर्ख्यौलीबाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेका छन् । उनले पोखरा र काठमाडौंमा चारवटा घर र जग्गा रहेको खुलाएका छन् । श्रीमती पुष्पाकुमारीको नाममा दुई ठाउँमा घर जग्गा देखाएका छन् । पोखरा महानगरपालिका–९ मा […]

पोखराका पूर्व मेयरको जग्गाभाडा सम्झौता खारेज

पोखरा । पोखराका पूर्व मेयर मानबहादुर जिसीले कार्यकालको आखिरीमा अपारदर्शी ढंगले सार्वजनिक जग्गा निजी कम्पनी भाडा लगाउने निर्णय खारेज भएको छ । पोखरा उपत्यका नगर विकास समितिको बैठकले सो सम्झौता खारेज गर्ने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पोखराका मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार सम्झौता खारेज गरी छानबिनका लागि विभिन्न निकायलाई पत्राचार […] The post पोखराका पूर्व मेयरको जग्गाभाडा सम्झौता खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखराका मेयर भरतपुरको भ्रमणमा, पर्यटनमा सहकार्य गरिने

काठमाडौँ- पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो । दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ । भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । […]

भरतपुर महानगरको काम हेर्न पोखराका मेयरसहितको टोली चितवनमा

पोखरा – पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ। भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो। दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ। भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए। दुवै नगरले पर्यटन […]

पोखराका मेयर र उपमेयरले फूल रोपेर सम्हाले पदभार

१२ जेठ, पोखरा । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायत जनप्रतिनिधिले पोखरा जिरो किमीदेखि हल्लनचोकसम्म फूल रोपेर पदभार सम्हालेका छन् । पोखरा पर्यटकीय सहर भएकाले फुलैफूलको सहरका रुपमा चिनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपिएको उनीहरुले बताएका छन् । पोखरा सभागृहमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग सपथ ग्रहण गरेपछि पोखराका नवनिर्वाचित जनप्रतिनिधिको टोली पुष्पलाल पार्कतर्फ […]

पोखराका मेयर आचार्यले भनेः पहिलो प्राथमिकता ल्याडफिल्ड साइट

काठमाडौं, ११ जेठ । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले पहिलो प्राथमिकता ल्याडफिल्ड साइट भएको बताएका छन् । उनले औपचारिक बोर्ड बैठकमा पहिलो प्रस्ताव ल्यान्डफिल्ड साइट हुने बताए । विजयी भएपछि आचार्यले भने,‘औपचारिक बोर्ड मिटिङमा ल्याडफिल्ड साइट हुनेछ ।’ ल्यान्डफिल्ड साइट द्रुत गतिमा बढाउन नसके अन्तर्राष्ट्रिय विमानस्थल नचल्ने बताए । मेयर निर्वाचित हुनु अघि नै काठमाडौं […]

पोखराका मेयर मानबहादुर जिसी १९ दिनपछि डिस्चार्ज

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी १९ दिनको उपचारपछि डिस्चार्ज भएका छन् । मस्तिष्क पक्षघातबाट पीडित उनको काठमाडौं बाँसबारीस्थित न्यूरो सर्जन अस्पतालमा उपचार हुँदै आएकोमा मंगलबार अस्पतालले डिस्चार्ज गरेको पोखरा महानगरपालिका प्रमुखको सचिवालयले जनाएको छ । चिकित्सकका अनुसार उनी अझै २ सातासम्म चिकित्सकीय निगरानीमा रहनुपर्ने छ । हाल उनी काठमाडौं बूढालिनकण्ठस्थित छोरीको घरमा […] The post पोखराका मेयर मानबहादुर जिसी १९ दिनपछि डिस्चार्ज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पोखराका मेयर जिसीको शल्यक्रियाको तयारी

२ असार, पोखरा । मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन हुने भएको छ । उच्च रक्तचापका कारण नसामा असर पुगेर सुन्निएपछि शल्यक्रिया गर्न लागिएको सचिवालयले जानकारी दिएको छ । ‘सुरुमा अप्रेसन नगर्ने कि भन्ने थियो । तर, नसा सुन्निएकाले अप्रेसन गर्न लागिएको हो,’ मेयरसँगै काठमाडौं रहेका पूर्व […]

पोखराका मेयर जिसीलाई हृदयाघात

पर्वत :  पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ। मेयर जिसीलाई शुक्रबार बिहान हृदयाघात भएको र अहिले  पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए।मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याउने तयारी भइरहेको बरालले बताए।