पाँच वर्ष धान्ने पाता हालिएको दोबिल्ला पुल १३ वर्षपछि मर्मत हुँदै

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–८ चुवा र वडा-११ पकुवा जोड्ने गरी मोदी खोलामाथि बनेको मोटरेवल पुलमा परेको भ्वाङले धेरै नेतालाई गिज्याइरहेको छ। जनताका समस्याको समाधान गर्ने वाचा गर्नेहरूले पुलका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने बताए पनि त्यसो हुन भने सकेन।सात वटा स्थानीय तहहरू रहेको पर्वतका पाँच वटा स्थानीय तहलाई सदरमुकाम कुश्मा बजारसँग जोड्ने काम सोही पुलले गर्ने गरेको छ। २०६६ सालको असोजमा निर्माण सम्पन्न भए यता न त पुलले कसैको स्याहार पायो न त मर्मत नै। पुलको क्षमता भन्दा धेरै लोड भएका

सम्बन्धित सामग्री

बाँसखर्कका सुन्तला ढुवानी गर्न सडक मर्मत गरिँदै

पर्वत, २६ माघ स्वादिलो सुन्तलाको राजधानीका रुपमा परिचित पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क पुग्ने सडक मर्मत गर्न थालिएको छ । जीर्ण सडकका कारण सुन्तला ढुवानीमा समस्या भएपछि जलजला गाउँपालिकाले मर्मत थालेको हो । बाँसखर्कमा यस वर्ष झण्डै ११ करोडका सुन्तला उत्पादन भएको छ । ‘सडकका कारण सुन्तला ढुवानीमा समस्या’ शीर्षकको समाचार यही माघ १३ गते राष्ट्रिय […]

एघाराैँ शताब्दीको गुम्बा मर्मत सम्पन्न

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमी उपत्यकाको हल्जी गाउँमा एघाराँै शताब्दीमा निर्माण भएको हल्जी थुप्देन रिन्जिलिङ गुम्वाको मर्मत पूरा भएको छ। जीर्ण अवस्थामा रहेको ऐतिहासिक गुम्बाकोे तीन वर्ष लगाएर मर्मत पूरा भएको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पुरानो कलाले भरिएको गुम्वाको मर्मत गर्ने कार्य पूरा भएको बताए। गुम्बाको […]

चार वर्ष अलपत्र परेपछि घोराही–तुलसीपुर सडकको मर्मत सुरु

८ साउन, दाङ । घोराही-तुलसीपुर सडकखण्डको चार लेन सडकको मर्मत सुरु भएको छ । चार वर्षअघि निर्माण सुरु भएर अलपत्र परेको उक्त सडकको आइतबारदेखि मर्मतको काम अघि बढेको हो । सडक मर्मत दुई प्याकेजमा हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पहिलो  प्याकेजमा  घोराहीको कुइरेपानीदेखि गुर्जेखोलासम्मको करिब १३ किलोमिटर र दोस्रो प्याकेजमा गुर्जे खोलादेखि […]

रहगाडको झोलुङ्गे पुल मर्मत नहुँदा सास्ती

नरहरिनाथ गाउँपालिको रहगाडको झोलुङ्गे पुल लामो समय देखि मर्मत हुन सकेको छैन। झोलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष ६ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा परेका छन्।...

थाहा समाचार प्रभाव : सल्यानका दुई विद्यालय मर्मत

सल्यान : हावाहुरीले छाना उडाएको र कक्षा कोठा खाल्डाखुल्डी परेको लामो समयसम्म मर्मत हुन नसकेका सल्यानका दुई विद्यालय मर्मत भएका छन्।एक महिना अघि थाहाखबरमा विद्यालयको अवस्था बिजोग भन्ने समाचार प्रकाशित भएपछि यी दुई विद्यालय मर्मत गरिएको हो। शारदा नगरपालिका–१० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालय र वडा नम्बर ९ मा रहेको कृष्ण आधारभूत विद्यालयलाई शारदा नगरपालिकाले मर्मत गरिदिएको छ।जनता प्राथमिक विद्यालयको छाना हावाहुरीले उडाएको दुइ वर्ष हुँदा पनि मर्मत हुन सकेको थिएन भने कृष्ण आधारभूत विद्या

वर्ष दिनसम्म मर्मत हुन सकेन धनगढी–डडेल्धुरा सडक

धनगढी-वर्षाको पहिरोले भासिएको धनगढी–डडेल्धुरा राजमार्ग एक वर्षदेखि मर्मत भएको छैन ।गतवर्ष साउनमा सो राजमार्गको गोदावरीदेखि फल्टुडेसम्म विभिन्न ठाउँमा भासिएको थियो । एक वर्ष बिते पनि सो सडक मर्मत नहुँदा जोखिम बढेको छ । विभिन्न ठाउँमा गरी एक सय मिटरभन्दा बढी सडक भासिएको, भत्किएको र सडकको पर्खाल भत्किएको छ ।डडेल्धुराका भीमबहादुर साउद सामान ढुवानी गर्न धनगढी–डडेल्धुरा […]

एप्पलले आईफोन १२ को ब्रिगिएको एयरपिस निःशुल्क मर्मत गरिदिने

एप्पलले अब आईफोन १२ को ब्रिगिएको एयर पिस निःशुल्क मर्मत गरिदिने भएको छ । नाइन टू फाइभ म्याकको रिपोर्ट अनुसार एप्पलले आईफोन १२ र १२ प्रो प्रयोगकर्ताका लागि मर्मत कार्यक्रम ल्याएको छ । केही प्रयोगकर्ताको एयर पिसमा कलको क्रममा आवाज नगएको पाइएको थियो । फोन अक्टोबर २०२० र अप्रिल २०२१ को बिचमा निर्माण भएमा मात्रै यो मर्मत कार्यक्रममा सहभागी हुन पाइनेछ । विक्री पछि दुई वर्ष...

बाँध मर्मत सुरू भएपछि स्थानीय खुशी

रौतहट जिल्लास्थित वाग्मती र लालबकैया नदीमा बाँध मर्मत गर्ने काम सुरू गरिएको छ । प्रत्येक वर्ष वर्षायाममा ती नदीमा बाढी आएर रौतहट जिल्लामा व्यापक क्षति पुर्याउने गरेपछि क्षतिलाई रोक्न बाँध मर्मत गर्ने काम थालिएको हो ।बाग्मती–लालबकैया नदी नियन्त्रणको कार्यालय परवानीपुरका अनुसार अर्थमन्त्रालयले बाँध मर्मतसम्भार गर्न रकम निकासा नगरे पनि सोको काम सुरू गरिएको छ । […]

भूकम्पले भत्किएका २९४ गुम्बा मर्मत सम्भार

छ वर्ष अघिको गोरखा भूकम्पले भत्किएका २९४ गुम्बाको मर्मत सम्भार गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक हजार ३२० गुम्बामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यसमध्ये मर्मत सम्भार गर्नुपर्ने ४०२ गुम्बामा २९४ को काम सकिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए।  भूकम्पपछि गरिएको स्थलगत अध्ययनका क्रममा ८९५ गुम्बा पुनर्निर्माण गर्नुपर्ने भेटिएको छ । सोमा १०० वर्षभन्दा पुराना गुम्बाको सङ्ख्या २५० छ । हाल १०० वर्षभन्दा पुराना पाँच गुम्बाको पुनःनिर्माण भइरहेको उनले सुनाए ।  ...

रातो मच्छिन्द्रनाथलाई गुप्तबासबाट निकालेर मर्मत सम्भार थालियो

काठमाण्डाै – महास्नान गरेर गुप्तबासमा राखिएको ललितपुरको रातो मच्छिन्द्रनाथलाई गुप्तबासबाट निकालेर मर्मत सम्भारको काम थालिएको छ । गएको बैशाख १५ गते महास्नान गरेर सात दिनसम्म गुप्तबासमा राखिएकोमा हिजो मूर्तिलाई गुप्तबासबाट निकालेर मर्मत सम्भारको कार्य थालिएको पुजारी कपिल बज्राचार्यले बताउनुभयो । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन महास्नान गरेर रातो मच्छिन्द्रनाथलाई ७ दिनसम्म गुप्तबासमा राख्ने गरिन्छ । बज्राचार्यका अनुसार मूर्तिलाई मर्मत सम्भार सकाएर आउँदो आइतबारदेखि रंगरोगनको काम थालिनेछ । यसपालि रातो मच्छ...