बाँध मर्मत सुरू भएपछि स्थानीय खुशी

रौतहट जिल्लास्थित वाग्मती र लालबकैया नदीमा बाँध मर्मत गर्ने काम सुरू गरिएको छ । प्रत्येक वर्ष वर्षायाममा ती नदीमा बाढी आएर रौतहट जिल्लामा व्यापक क्षति पुर्याउने गरेपछि क्षतिलाई रोक्न बाँध मर्मत गर्ने काम थालिएको हो ।बाग्मती–लालबकैया नदी नियन्त्रणको कार्यालय परवानीपुरका अनुसार अर्थमन्त्रालयले बाँध मर्मतसम्भार गर्न रकम निकासा नगरे पनि सोको काम सुरू गरिएको छ । […]