आर्मीलाई पन्छाउँदै मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। त्रिभुवन आर्मी क्लबलाई बुधबार टाइब्रेकरमा ५–४ ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो। निर्धारित समय १–१ को बराबरीमा खेल सकिएपछि ट्राइब्रेकरबाट खेलको निर्णय निकालिएको थियो। टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरेका थिए। आर्मीका…