दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब फाइनल भिड्ने भएका छन् । चिरप्रतिद्वन्द्वी यी दुईले दमक गोल्डकपको उपाधिलाई दोस्रो पटक फाइनल खेल्न लागेका हुन् । पुलिस डिफेन्डिङ च्याम्पियन हो । २०७५ सालमा आयोजित गोल्डकपको फाइनलमा मनाङलाई हराएर पुलिसले उपाधि जितेको थियो । बिहीबार प्रि–म्याच कन्फ्रेन्समा दुवै क्लबले उपाधि जित्ने दाबी गरेका छन् ।