काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम हटिनसकेको बताएको छ। पछिल्लो हप्ता २ करोड १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएको भन्दै डब्ल्युएचओले ओमिक्रोन भेरियन्टको जोखिम कम भएको भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेको छ। उसले ओमिक्रोनको प्रभाव र संक्रमणदर अझै उच्चस्तरमा रहेको जनाएको छ। एक हप्तामा विश्वभर कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु भएको डब्ल्युएचओको तथ्यांक छ। एक साप्ताहिक रिपोर्ट सार्वजनिक गर्दै डब्ल्युएचओले विश्वका अधिकांश देशमा ओमिक्रोन