सन् १९७१ जुन १६ मा अफेनी शाकुर र बिली गारल्याण्डको सन्तानको रुपमा अमेरिकाको न्युयोर्कमा लेसेन पेरिस क्रुक्सको जन्म भयो। जसको नाम पछि उनकै आमा अफेनीले टुपाक अमारु राखिदिइन्।टुपाकका आमा बाबु दुवै काला जातिको स्वतन्त्रता र आधारभूत अधिकार सुनिश्चितताको लागि लडिरहेको ब्लयाक प्यान्थर पार्टीका नेता समेत थिए। अफेनी आफ्नो छोरालाई एउटा क्रान्तिकारी नाम दिन चाहन्थिन्। उनी चाहन्थिन् उनको छोरालाई सबैभन्दा बढी हिम्मत आफ्नै नामले दियोस्। छोराको आँखा कान सँधै खुल्ला रहोस्, कहिल्यै अन्याय सहेर नबसोस्।अफेनी