डोल्पा: डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ। शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो।
लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपुर्याउँदा आज बिहान मृत्यु भएको र जाजरकोट जिल्लाकै