सगरमाथा ट्रेकिङ रुटमा १५ शड्ढयाको हस्पिटल

सगरमाथा जाने ट्रेकिङ रुट सोलुखुम्बुको फाक्दिङमा १५ शड्ढयाको ‘हिमालयन शेर्पा अस्पताल’ सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल उद्घाटन गरेकी छिन् । पर्यटन व्यवसायी फुर्वा शेर्पाको परिवारले...

सम्बन्धित सामग्री

कहाँ पुग्यो नयाँ थपिने १७३ ट्रेकिङ पिकको कुरो ?

नेपालमा हाल पर्वतारोहणका लागि खुल्ला रहेका ४१४ हिमालबाहेक ससाना अरू १७३ ओटा हिमाल खुला गर्ने भन्ने सम्बन्धमा गएको साउन महीनामै समाचार आएको थियो । नेपाल सरकारले थप १७३ ओटा ससाना (ट्रेकिङ पिक) हिमाल विदेशी तथा स्वदेशी पर्वतारोहीहरूका लागि खुला गर्ने भनिएको थियो । त्यसअनुसार नेपालमा स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि ५८७ ओटा ठूलासाना हिमाल आरोहणका लागि खुल्ला हुनेछ । सो घोषणा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरेका हुन् । उनकै पालामा मन्त्रालयले पर्यटन पुनरुत्थान गर्न विभिन्न कार्ययोजना सार्वजनिक गरेको थियो । उक्त कार्ययोजनामा ७३ ओटा  कार्यक्रमलाई समेटिएको थियो । त्यसमध्ये नयाँ १७३ थप हिमाल खुला गर्ने योजना पनि परेको थियो । उक्त कार्ययोजना ६ महीनाभित्र लागू गर्ने भनिए पनि ५ हजार मीटरभन्दा अग्ला लगभग १७ सय हिमालमध्ये १७३ ओटा  थप नयाँ हिमाल पर्वतारोहीहरूका लागि आरोहण गर्न खुल्ला गरिने भन्ने थियो । तर, हालसम्म सो कुरो लागू भए, नभएको अत्तोपत्तो छैन ।  नेपाल हिमालका लागि खानी नै हो । त्यसैले त नेपालबारे जानेका, बुझेका प्रायः सबै विदेशीले हाम्रो देशलाई हिमाली मुलुक भन्छन् । त्यस्तै अहिलेसम्म विश्वमा मान्यता प्राप्त १४ ओटा  हिमाल ८ हजार मीटरभन्दा अग्ला रहेका छन् । ती १४ ओटा अग्ला हिमालमध्ये आठओटा  नेपालमा नै रहेका छन् भने ढिलोचाँडो ८ हजार मीटरभन्दा माथिका हिमाल बढेर २० ओटा  हुँदै छ । त्यसरी थपिने ६ ओटै नयाँ हिमाल संयोगले नेपालमै रहेका छन् ।  नेपालीहरूका लागि हिमाल शान भएको छ । यो वर्ष सगरमाथा आरोहणको सिजनमा मौसम बिग्रिएकाले गर्दा अझैं पनि मौसम खुल्ने आशामा सगरमाथा आरोहीहरू क्याम्प–३, क्याम्प–४ मा प्रतीक्षारत छन् । मौसम सफा भएकाले आइतवारबाट आरोहण शुरू हुने देखिन्छ । आशा गरौं, उनीहरूलाई मौसमले साथ दिओस् र सफलतापूर्वक सगरमाथा आरोहण गरून् ।  सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । उक्त वर्ष नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्यान्ड (तत्कालीन बेलायती साम्राज्य मातहत रहेको देश) का एडमन्ड पर्सिभल हिलारीले प्रथमपटक सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । त्यसअघि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु/सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर), खरिखोला, फाक्दिङ, नाम्चे, तेङबोचे हुँदै नेपाल तर्फबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरूले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् ।  आशा गरौं, नेपाल सरकारले खोल्ने भनेको नयाँ १७३ ओटा थप हिमाल चाँडै खुलून्, जसले नेपाली पर्यटन र पर्वतारोहण क्षेत्रमा थप टेवा दिनेछ । विशेष गरेर आजको जस्तो व्यस्त मानव जीवनमा लामो समयसम्म नेपालमा बिताउन नसक्ने, धेरै पैसा खर्च गर्न नसक्ने खालका पर्वतारोही तथा पर्यटक बढाउन यसले सहयोग गर्नेछ । साथसाथै नेपाल घुम्न आउने विदेशी पर्यटक तथा पर्वतारोहीहरूको संख्या पनि अरू बढ्नेछ । कोरोनापछि अहिले नेपालमा पर्यटक आगमनमा उल्लेख्य सुधार आएको छ । हिमाल आरोहण गर्न आउनेको संख्या ११ सय नाघेको छ भने सोही अनुसार हिमाल आरोहण गर्न लाग्ने शुल्कबापत राजस्व पनि बढेको छ । नेपालको अर्थतन्त्रको विस्तारका लागि पर्यटन निकै महत्वपूर्ण क्षेत्र हो । तर, यो क्षेत्रको महत्व नीतिनिर्माताले नबुझेको वा बुझेर पनि बेवास्ता गरेको देखिन्छ । त्यही भएर अहिले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन मन्त्रालयको सीमा झन्डै आधा घटाइएको छ । हुन त पर्यटन प्रवद्र्धन गर्ने काम नेपाल पर्यटन बोर्डले गर्ने भएकाले यो बजेट कटौतीले यसमा केही असर नपर्ला । त्यस्तै निर्माणाधीन पूर्वाधारको बजेट पनि कटौती त नहोला । तैपनि मन्त्रालयको बजेट कटौती हुँदा पर्यटन क्षेत्रलाई पक्कै पनि असर पर्न सक्छ ।  विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एक पर्यटन क्षेत्रको विस्तार जरुरी छ । यसले नेपालको व्यापारघाटालाई सम्बोधन गर्न मद्दत गर्छ । जति धेरै पर्यटक आगमन हुन्छ त्यति नै धेरै विदेशी मुद्राको आर्जन हुन्छ । अहिले भारतबाट सबैभन्दा बढी पर्यटक आइरहेका छन् । चीनले नेपालमा आउनलाई बाटो खोलिदिएको छ ।   लेखक पर्यटनकर्मी हुन् ।

सगरमाथा क्षेत्रमा ‘सोलो ट्रेकिङ’को अनुमति दिंदै स्थानीय तह

१३ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले बन्द गरेको 'सोलो ट्रेकिङ' अनुमतिको निर्णय सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भने लागु नहुने भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पदयात्रीहरुका लागि एक सूचना जारी गर्दै यस भेगमा ट्रेकिङ …

कामी रिता शेर्पा २६औँ पटक सगरमाथाको चुचुरोमा

काठमाण्डाै - आरोही कामी रिता शेर्पा २६औँ पटक सगरमाथा आरोहण गर्न सफल हुनुभएको छ । २६औँ पटक सगरमाथा चढ्ने उहाँ एकमात्र आरोही हुनहुुन्छ । सगरमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने क्रममा सेभेन समिट ट्रेकिङ कम्पनीको टोलीका बाँकी १० जना सदस्यसहित कामी रिता पनि सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । उहाँ पोहोर पनि सगरमाथाको चुचुरोमा जान लाग्नुभएको थियो तर परिवारको आग्रहपछि बीच बाटोबाटै फर्कनुभएको थियो । शेर्पाले आजभन्दा २८ वर्षअघि अर्थात सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । २८ वर्षको अ...

खुम्बुमा ट्रेकिङ गाइड मृत भेटिए

हिमाली जिल्ला सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा एक ट्रेकिङ गाइड मृत भेटिएका छन् । पर्यटकको साथमा वेयून ट्रेकिङ कम्पनीबाट सगरमाथा क्षेत्र पुगेका माप्यदुधकोसी गाउँपालिका वाकुका अन्दाजी ३६ वर्षका तिङमा तेन्जी शेर्पा ५९ सय मिटरको उचाइमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुमा ट्रेकिङ गाइड मृत फेला

सोलुखुम्बु – सोलुखुम्बुमा एक जना ट्रेकिङ गाइड मृत फेला परेका छन् । वेयून  ट्रेकिङ  कम्पनीबाट सगरमाथा क्षेत्र पुगेका माप्य दूधकोशी वाकुका अन्दाजी वर्ष ३६ का तिङमा तेन्जी शेर्पा ५९ सय मिटर उचाइमा मृत अवस्थामा भेटिनु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव उद्धारका लागि हेलिकप्टर पठाइएको प्रहरीले जनाएकाे छ । मृतक शेर्पाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइने प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहले जानकारी दिनुभयो ।

जलवायु न्यायको वकालत गर्न सगरमाथा क्षेत्रमा महिलाहरुको पदयात्रा हुने

काठमाडौँ– जलवायु न्यायको पक्षमा वकालत गर्दै विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनका कारण महिलामा परेको प्रभाव मुलधारमा ल्याउने उद्देश्यसहित सगरमाथा क्षेत्रमा पदयात्रा (ट्रेकिङ) हुने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) सँगको सहकार्यमा साथसाथै नामक संस्थाले कम्तीमा २५ जना महिलाको सहभागितामा आउँदो मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका दिन सगरमाथा क्षेत्रको कालापत्तथर पुग्ने गरी ट्रेकिङ गर्ने […]

खर्पसमा परेर सगरमाथा आरोहीको मृत्यु

सगरमाथा आरोहणका क्रममा मङ्गलबार एक आरोही गाइडको मृत्यु भएको छ । ट्याग नेपाल ट्रेकिङ कम्पनीमा कार्यरत सङ्खुवासभाका आरोही गाइड पेम्वा टासि शेर्पाको मृत्यु भएको कम्पनीले जनाएको हो ।

क्यानडाका राजदूत सगरमाथा बेस क्याम्पमा ट्रेकिङ जाने

‘नेपाल-क्यानडाबीच दशकौंदेखि घनिष्ठ सम्बन्ध छ। सगरमाथा जाने रूटमा क्यानडाले धेरै ऐतिहासिक र साँस्कृतिक सम्पदा निर्माणमा सघाएको छ। ट्रेकिङका क्रममा हामी ती सम्पदाको छोटाछोटा भिडियो क्लिप पनि बनाउनेछौं,’ बिहीबार साँझ राजधानीमा आयोजित कार्यक्रममा राजदूत पटेलले भने, ‘मनमोहक हिमालमा ट्रेकिङ जानु व्यक्तिगत रूपमा पनि साँच्चै नै अदभूत् अनुभव हुनेछ।’