काठमाण्डाै - आरोही कामी रिता शेर्पा २६औँ पटक सगरमाथा आरोहण गर्न सफल हुनुभएको छ ।
२६औँ पटक सगरमाथा चढ्ने उहाँ एकमात्र आरोही हुनहुुन्छ । सगरमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने क्रममा सेभेन समिट ट्रेकिङ कम्पनीको टोलीका बाँकी १० जना सदस्यसहित कामी रिता पनि सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । उहाँ पोहोर पनि सगरमाथाको चुचुरोमा जान लाग्नुभएको थियो तर परिवारको आग्रहपछि बीच बाटोबाटै फर्कनुभएको थियो ।
शेर्पाले आजभन्दा २८ वर्षअघि अर्थात सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । २८ वर्षको अ...