देशभरका संस्थागत आइसोलेसनमा २ हजार ६१४ जना संक्रमित

काठमाडौं। आज देशभरका संस्थागत आइसोलेसन (अस्पताल)मा २ हजार ६१४ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यीमध्ये प्रदेश १ मा ७०८ जना, प्रदेश २ मा २९ जना, बागमती प्रदेशमा १ हजार १२७ जना, गण्डकी प्रदेशमा २१८ जना, लुम्बिनीमा २८० जना, कर्णालीमा १७१ जना र सुदूरपश्चिममा ८१ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्।

सम्बन्धित सामग्री

आइसीयूमा २७ र भेन्टिलेटरमा ६ संक्रमित

नेपालमा हाल आइसियुमा २७ र भेन्टिलेटरमा ६ संक्रमित उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म  होम आइसोलेसनमा तीन हजार ९२७, संस्थागत आइसोलेसनमा ६ जना रहेका छन्।

नेपालमा कति छन् कोरोनाका सक्रिय संक्रमित?

देशभर १० हजार ९० जना कोरोनाका सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिमध्ये होमआइसोलेसनमा नौ हजार ७९३ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा ३२७, आइसियुमा १०५ र भेन्टिलेटरमा १९ जनाले उपचार गराइरहेका छन्।

ओमिक्रोन संक्रमित कति दिन आइसोलेशनमा बस्ने ?

कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएर आइसोलेशनमा बस्नेको संख्या बढेको छ। संक्रमितमध्ये अधिकांश होम आइसोलेशनमा छन् भने केहि संस्थागत आइसोलेशनमा छन्। तर कति दिन आइसोलेशनमा बस्ने ? धेरैलाई अलमल तथा...

गण्डकीमा २६८ स्वास्थ्यकर्मी संक्रमित

७ माघ, पोखरा । गण्डकी प्रदेशले कोरोना उपचारका लागि तोकेको संक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख विकास गौचन कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् । दोस्रो पटक कोरोना संक्रमण यसअघि उनी पहिलो चरणमा कार्यरत छँदै संक्रमित भएका थिए । संक्रमणदर घटाउन संस्थागत आइसोलेसनमै बस्नुपर्ने बताउँद आएका गौचनले आफू अहिले पनि संस्थागत आइसोलेसनमा बस्ने बताएका छन् […]

कोरोना संक्रमित मुख्यमन्त्रीको उद्घाटन मोह

१० जेठ, पोखरा । सरकारी प्रोटोकलअनुसार कोरोना संक्रमित व्यक्ति संस्थागत वा होम आइसोलेसनमा बस्नुपर्छ । पर्याप्त सुरक्षा सावधानी अपनाउनुपर्छ । तर सोमबार कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सोमबार उद्घाटन र शिलान्यासमा व्यस्त देखिए । उनले पोखरा-३३ लेखनाथ मोहोरियास्थित प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको दोस्रो तलामा रहेको शल्यक्रिया तथा सघन उपचार […]

धादिङका सक्रिय संक्रमित १ हजार, संस्थागत आइसोलेसनमा ६६ जना

कोभिड–१९ को दोस्रोे लहरबाट १ हजार १ सय ३५ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार ९ जना संक्रिय संक्रमित छन् । संक्रमितमध्ये ६६ जना मात्र अस्पताल तथा संस्थागत आइसोलेनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।६६ जना आइसोलेसनमा रहेकामध्ये धादिङ अस्पतालको आइसोलेसनमा २५ जना, संस्थागतमा गजुरी गाउँपालिकाको आइसोलेसनमा १० जना, धुनीबेंसी नगरपालिकाको आइसोलेसनमा एक जना, बेनीघाट […]

होम आइसोलेसनमा बसेका संक्रमितबारे सरकार बेखबर

२८ वैशाख, काठमाडौं । कोरोना भाइरसका सक्रिय संक्रमित ९७ हजार ८ जनामध्ये मंगलबारसम्म ८९ हजार ९१४ जना होम आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार होम आइसोलेसनमा बस्नेको संख्या कुल सक्रिय संक्रमितको ९२.६७ प्रतिशत हो । अस्पताल र अन्य संस्थागत आइसोलेसनमा ७०९४ संक्रमित उपचाररत छन् । अस्पतालहरुले अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने बिरामी मात्र भर्ना लिने भएका […]

संस्थागत आइसोलेसनमा बस्न मान्दैनन् संक्रमित, घरमै बस्दा संक्रमण फैलिने जोखिम

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। भारतबाट फर्किएका अधिकांशमा संक्रमण देखिने थालेको छ। झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकको एन्टिजेन परीक्षण गरिन्छ। एन्टिजेन पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने गरिएको छ। नेगेटिभ रिपोर्ट आएकालाई होम क्वारेन्टाइन बस्न भनिएको छ।बैतडीमा अहिले ६०० भन्दा बढी सक्रिय संक्रमित छन्। संक्रमितमध्ये ११५ जना मात्रै संस्थागत आइसोलेसनमा रहेका छन्। बाँकी होम आइसोलेसन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। दोस्रो लहरको कोरोन

प्रदेश २ मा कोरोना संक्रमित संख्या ३ हजार ४ सय ९५ पुग्यो, कहाँ कति ?

जनकपुरधाम : प्रदेश २ को विभिन्न जिल्लाहरूमा कोरोना संक्रमित संख्या बढेर ३ हजार ४ सय ९५ पुगेको छ।प्रदेश २ को स्वास्थ्य निर्देशनालयको अनुसार बुधबारसम्म सक्रिय संक्रमितमध्ये ३ हजार ३ सय ९ जना होम आइसोलेसनमा र १ सय ८६ जना संस्थागत आइसोलेसनमा छन्। विवरणअनुसार सबैभन्दा बढी पर्सामा सक्रिय संक्रमित छन्। पर्सामा होम आइसोलेसनमा १ हजार ६ सय २ जना तथा संस्थागत आइसोलेसनमा १ सय २४ छन्।यसैगरी धनुषामा सक्रिय संक्रमति संख्या ६ सय ९२ छ। जसमध्ये होम आइसोलेसनमा ६ सय ६४ जना तथा संस्थागत आइसोलेसनमा २८ जना छ

काठमाडौं महानगरपालिकाभित्र मात्र ५६० सक्रिय संक्रमित

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरुमा मात्र कोरोना भाइरसका ५६० जना सक्रिया संक्रमित रहेका छन्।काठमाडौं महानगरपालिकाका अनुसार सक्रमितमध्ये ५१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३२ जना अस्पतालमा र १५ जना संस्थागत आइसोलेसनमा छन्। महानगरपालिकामा सबैभन्दा बढी सक्रिय संक्रमित वडा नं.१६ मा छन्। उक्त वडामा सक्रिय संक्रमितको संख्या ७३ रहेको छ।