काठमाडौं । घोराही–होलेरी शहीद मार्ग कालोपत्रे गरेको छोटो समयमै भत्किएको छ । दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको २९ किलोमिटर सडक पिच भएको छोटो समयमै भत्किएपछि स्थानीयले स्तरोन्नतीको माग गर्दै प्रदर्शन गरेका छन् । ०७४–७५ मा संघीय सरकारले छुट्याएको ४७ करोड लागतमा सो सडक पिच गरिएको थियो । सहिद मार्ग डेढ वर्ष नपुग्दै भत्किएको छ । रोल्पाको होलेरीमा आईतबार स्थानीयले सडक स्तरोन्नतीको माग राखेर दवाव मुलक कार्यक्रम गरेका छन् । लुम्बिनी प्रदेश अन्तर्गत रोल्पाको लाइफ लाइन मानिने&nbs