काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले अहस्तक्षेप र अनाक्रमणको नीतिले मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्छ भन्ने नेपालको स्पष्ट दृष्टिकोण रहेको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय कानुनको विकासमा शक्तिको भूमिका एसियाको सन्दर्भ’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको ललितपुरमा उद्घाटन गर्दै उहाँले नेपालले झण्डै ७ दशकदेखि असंलग्न परराष्ट्र नीतिको वकालत र पालना गर्दै आएको स्मरण पनि गर्नुभयो । राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशीलतको सिद्धान्तमा आधारित सहअस्तित्व र विश्वब...