रंगशाला बनाउने जग्गा खोज्न धुर्मुस टोली हेटौंडामा

नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएसँगै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न जग्गाको खोजीमा लागेको धुर्मुस सुन्तली फाउन्डेशनले बुधबार हेटौंडाको गौरिटारमा रहेको जग्गा अवलोकन गरेको छ । हेटौंडा–६, गौरिटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानको जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सम्भाव्यताको खोजीमा टोली हेटौंडा आएको हो ।

सम्बन्धित सामग्री

क्रिकेट मैदान बनाउन बागमती प्रदेशले धुर्मुस-सुन्तलीलाई दियो ३ करोड

हेटौंडा : बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा एक कार्यक्रमबीच मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड ...

चन्दा उठाएर कभर्डहल बनाउँदै पूर्वखेलाडी घिमिरे

हेटौंडा : धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला भरतपुरमा बनाइरहेको छ। भरतपुरमा जस्तै गरेर चन्दा संकलन गरेर हेटौंडामा नेपालका एक पूर्व-खेलाडीले कभर्ड हल बनाइरहेका छन्। नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिताउन सफल बक्सर सुशील घिमिरे अहिले चन्दा संकलन गरेर कभर्डहल निर्माणमा जुटे...