गौतमबुद्ध क्रिकेट रंगशाला अलपत्र पर्दैन : मन्त्री गहतराज

चितवन । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रममा उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताएका छन् । नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको...