८ माघ, काठमाडौं । श्रीलंका फुटबल महासंघ (एफएफएसएल)लाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । फिफाकी महासचिव फातिमा सामोउराले आइतबार जारी गरेको वक्तव्यमा श्रीलंका फुटबलमाथि शनिबार (२१ जनवरी) देखि अर्को सूचना जारी नभएसम्मका लागि निलम्बित गरिएको उल्लेख छ । ‘२१ जनवरी २०२३ मा फिफा काउन्सिल ब्यूरोले लिएको निर्णयअनुसार श्रीलंका फुटबललाई फिफा विधानको […]