दाङ : लुम्बिनीका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन्।लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको सोमबार बसेको सातौँ बैठकको विशेष समयमा प्रदेशसभा सदस्यहरूले वर्तमान सरकार अल्पमतमा परिसकेको र विश्वासको मत पाउने आधार नभएको भन्दै नयाँ सरकार गठनका लागि बाटो छाड्न आग्रह गरेका हुन्।प्रदेशसभा सदस्यहरूले अल्पमतमा परिसकेको सरकारले नीतिगत निर्णयहरू नगर्न पनि सभामुखमार्फत ध्यानाकर्षण गराएका छन्। उनीहरूले सरकार गठनको ३ महिन