काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले लगाएको ताला खोल्न तीन दिनको अल्टिमेटम दिएको छ।अनेरास्ववियु अध्यक्ष सुनिता बरालले बुधबार विज्ञप्ति जारी गर्दै अबको ३ दिनभित्र विश्वविद्यालयको काम सञ्चालन नगरे अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय सञ्चालन गर्न सहयोग गर्ने चेतावनी दिएकी छन्। उनले त्यसपछि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न अनेरास्ववियु तयार रहेको उल्लेख गर्दै त्यसको सम्पूर्ण जिम्मेवार स्वयं सरकार र सम्बन्