अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियूले निरन्तर मूल्यवृद्धि हुनु अत्याचारको पराकाष्टा भएको भन्दै खारेज गर्न माग गरेको हो । अनेरास्ववियूले बुधबार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा भएको मूल्य वृद्धिले जनताको ढाड सेक्ने भन्दै भत्र्सना गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा हो । यस्ता जनविरोधी कदमको अनेरास्व