न्युज अफ नेपाल, काठमाडौँ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले सरकारले पेट्रोलियम पदार्थ तथा एलपीको ग्यासको मुल्य बढाएको भन्दै विरोध जनाएको छ । शनिबार एक विज्ञप्तिमार्फत् बढाएको मुल्य तत्काल फिर्ता लिन पनि माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरु प्रति सरकार नियन्त्रित निकायको केवल […]