पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा रघुजी पन्तको आपत्ति

काठमाडौँ- प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने...

सम्बन्धित सामग्री

डा सन्दुक रुइत ओलाङ्चुङगोला फर्किँदा...

आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ पुगेका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगेका हुन्। उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगे।

डा सन्दुक रुइत जब जन्मगाउँ ओलाङ्चुङगोला पुगे

ताप्लेजुङ : आफू जन्मेहुर्केको गाउँको माया कसलाई हुँदैन र? त्यहाँको भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ। जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन्। गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन्। 'आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको…

सन्दुक गाउँ फर्किए, गाउँलेका आँखामा ज्योति फर्कियो

ताप्लेजुङको विकट फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा जन्मिएका डा. सन्दुक रुइत वरिष्ठ नेत्र चिकित्सकका रूपमा विश्वप्रख्यात छन् । आँखाको ज्योति गुमाएर अँध्यारो जीवन बाँचिरहेका हजारौँलाई संसार देखाइसकेका उनले आफ्नै जन्मथलो पुगेर ७० गाउँलेलाई...

दृष्टिविहीनताले जन्माएका रुइत, लोडसेडिङमा भेटिएका घिसिङ

मान्छेमा दृष्टिविहीनताको समस्या आउँदा डा. सन्दुक रुइत पैदा भए । देशले १८ घण्टा लोडसेडिङ व्यहोरिरहँदा कुलमान घिसिङ देखापरे । यदि मान्छेमा आँखाको समस्या नआउँदो हो त सन्दुक रुइतहरू सायदै देखापर्थे । अनि देशमा लोडसेडिङकाे समस्या नहुँदो हो त कुलमान घिसिङ त्यो उचाइमा पुग्न गाह्रो थियो ।

डा सन्दुक रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्।

राष्ट्रपति पद मेरो लागि होइनः डा सन्दुक रुइत

डा रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इसा अवार्डलाई हेरेको जानकारी दिए।

डा सन्दुक रुइतसहित ३ डाक्टर सम्मानित

नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति सङ्घले ‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन डाक्टरलाई सम्मान गरेको छ । अस्पताल र सङ्घले आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको भन्दै आज डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो ।  उनीहरुलाई पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्मान गरेका हुन् । कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले आँखामा हुने रोग जटिल भएको भन्दै आँखाको स्वास्थ्यका लागि सबैले ध्यान दिनुपर्ने उल्लेख गरे ।