कतारको दोहाबाट चकलेटको प्याकेटमा लुकाएर सुन लिएर आएका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पक्राउ परेका छन् । सिरहा घर भएका २१ वर्षीय मोहम्मद इजराइल मियाँलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । कतार एअरवेजको क्यूआर–६५० को उडानमार्फत बुधवार साँझ दोहाबाट काठमाडौं आएका मियाको साथबाट भन्सार कार्यालयले सिक्रीको आकारमा ल्याएको ५० ग्राम सुन बरामद गरेको छ । भन्सार कार्यालयले जर्ती काटेको गहना बाहेकका सुनको राजस्व लिँदै