स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ । कोरोना भाइरस संक्रमण दैनिक बढिरहेको भन्दै मन्त्रालयले बिहीबार स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेको हो ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार १० बुँदे सूचना जारी गर्दै सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने जनाएका छन् ।उनका अनुसार विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व