आईएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसनअन्तर्गत सञ्चालित ‘आईएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ ।सम्झौताअनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पेमार्फत भुत्तानी गर्दा ३० प्रतिशत अर्थात ३०० रुपैयाँसम्मको छुट हुने जनाइएको छ ।सम्झौता पत्रमा आईएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेको जनाइएको छ ।