गत असोजमा पारित विधानको धारा ६४ (१) अनुसार केपी शर्मा ओली केन्द्रीय अध्यक्षमा चुनाव लड्न नपाउने भएपछि नेकपा एमालेले रातारात विधान संशोधन गरेर ओलीलाई उम्मेदवार बन्ने बाटो खोलेको छ ।गत असोज १५–१७ मा ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले पारित गरेको विधानको धारा ६४ अनुसार केपी ओली अध्यक्षमा उम्मेदवार हुन पाउँदैनन् । एउटै पदमा दुईचोटि पदाधिकारीको उम्मेदवार भइसकेको व्यक्ति सोही पदमा तेस्रोचोटि ‘उम्मेदवार हुन नपाउने’ एमालेको विधानमा व्यवस्था छ ।नेकपा एमालेको विधान&ndash