काठमाण्डाै - प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।
कीर्तिपुरमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि रविन्द्र शाहीले ३५, अर्जुन घर्तीले ३० र अनुप कुँवरले १३ रन बनाए पनि अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कर्णालीलाई एक सय ६ रनमै रोक्न शेर मल्लले चार र हेमन्त धामीले दुई वि...