२७ वैशाख, विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको पुत्ला जलाएको छ ।
असंवैधानिक रुपमा नयाँ सरकार आह्वान गरेको विरोधमा बिहीबार बेलुका खापुङको पुत्ला जलाएको हो ।
नेपाली कांग्रेस विराटनगर महानगर …
जनकपुरधाम : पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध जनकपुरधाममा विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।बुधबार स्थानीय शिवचोकमा नेकपा एमाले निकट विद्यार्थीहरूको संगठन अनेरास्ववियुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन्।पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र निर्वाचनको मिति चाँडै घोषणा हुनुपर्ने मागसहित अनेरास्ववियुले टायर बालेर विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला समेत जलाए।सरकारले मंगलबार पुनः पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैया
काठमाडौँ– एमसीसी खारेजी र जयसिंह धामीलाई न्यायको माग गर्दै प्रदर्शन गरिएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले एमसीसी खारेजीको माग गरेका छन्। यस्तै उनीहरुले सरकारले शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउन खोजेको भन्दै त्यसको विरोध गरेका छन्। केही दिनअघि गृह मन्त्रालयले मित्रराष्ट्रहरुसँगको सम्बन्ध आँच आउने गरी […]
कञ्चनपुर : दार्चुलाका जय सिंह धामीलाई एसएसबीले तुइन काटेर महाकाली नदीमा बेपत्ता बनाएपछि आक्रोशित युवा विद्यार्थीले आइतबार साँझ महेन्दनगरमा प्रदर्शन गरेका छन्। सुरक्षाकर्मीको अवरोधलाई छलेर उनीहरूले प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका छन्। एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थी र युवाले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्। उनीहरूले पुत्ला जलाउनअघि प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजीसमेत गरेका छन्।प्रहरीले प्रधानमन्त्री मोदीको पुत्ला जलाउन नदिन युवा विद्यार्थीलाई रोक्ने प्रयास गरेको
विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले दैलेख र कालिकोटमा प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले जिल्ला सदरमुकाममा प्लेकार्ड प्रदर्शन गरेका हुन् प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत भएको थियो । विद्यार्थी संगठनहरुले जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग समेत गरेका छन् ।त्यसलगत्तै विद्यार्थी संगठनका नेता–कार्
प्रतिनिधि सभा विघटनको विरोधमा नेविसंघ नेविसंघ कास्की क्षेत्र नम्बर १ ले लेखनाथको तालचोकमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छ । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नम्बर १ का सभापति सागर रानाभाटले प्रधानमन्त्री र राष्ट्रपतिले देशको लोकतन्त्र सिध्याउने र देशलाई दुर्घटनातर्फ लैजान खोजिएको बताए । कार्यक्रममा आफ्नो धारणा राख्दै नेविसंघ कास्कीका पूर्व सभापति कल्याण बाबु भण्डारीले ओली र विद्याले यो देशलाई दाउमा राखेर आफ्नो सत्ता टिकाउने खेलमा लागेको
काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहले घोषणा गरेको आमहड्तालका कारण आज देशभर नै प्रर्दशन भयो। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रर्दशनकारी सक्रिय देखिएका थिए। त्यसमध्ये पनि काठमाडौंको चाबहिल क्षेत्रमा प्रदर्शनकारीले नाराबाजीमात्रै होइन टायर जलाउने सम्मका गतिविधि गरिरहे।
त्यसै क्रमममा आम हड्तालको समय घर्किँदै जाँदा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला…
कपिलवस्तु । पाँच नम्बरको प्रदेशको राजधानी कपिलवस्तु बनाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ ।
कपिलवस्तुलाई ५ नम्बर प्रदेशको राजधानी हुनुपर्ने भन्दै प्रर्दशन...