काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सेवा समूहका सचिवमा नियुक्त भएका डा रोशन पोखरेलले पदबहाली गरेका छन्।पदबहाली गर्दै सचिव पोखरेलले आफ्नो पहिलो प्राथमिकता खोप नै रहेको बताएका छन। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा प्राविधिक सचिवका रुपमा डा पोखरेललाई नियुक्त गरेको थियो। यसअघि उनी मन्त्रालयमा १२ औँ तहमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत थिए।पदभार ग्रहण गरेलगत्तै उनले एन्टिबायोटिकको दुरुपयोग रोक्दै उपयुक्त प्रयोगका विषय काम गर्ने समिति गठनको फाइलमा हस्ताक्षर गरेका छ