जेठमा आयात–निर्यात उलेख्य बढे पनि गत वर्षको तुलनामा समग्र वैदेशिक व्यापार घटेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै जेठमा १ खर्ब ५० अर्ब ३४ करोडको वस्तु आयात भएको छ । १३ अर्ब ८ करोडको वस्तु निर्यात भएको छ । ११ महिनाको तुलना गर्दा आयात–निर्यात भएको रकम सबैभन्दा धेरै हो ।