काठमाण्डौ – नेपालको वैदेशिक व्यापारका सबै सूचक घटेका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुससम्म अर्थात ६ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार वैदेशिक व्यापार, आयात, निर्यात र व्यापार घाटामा कमी आएको छ ।
६ महिनामा ८ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुलनामा झण्डै २२ प्रतिशतले कमी हो ।
त्यस्तै, ६ महिनामा सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको सामान विदेशबाट आयात भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुुलनामा २० दशमलव ६८ प्रतिशतले कमी हो ।
...