नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल वैचारिक नेताका रुपमा चिनिन्छन् । डल्लुस्थित खनाल निवासमा पुगेर हामीले सोध्यौं, ‘एमालेका आम कार्यकर्ताको भावनाअनुसार अब पार्टीको एकता बचाउने तपाईंसँग कुनै सूत्र छ ?’ जवाफमा खनालले एमालेलाई बचाउने ब्रह्मास्त्र बाँकी रहेको र अब त्यसलाई प्रयोगमा ल्याउनुपर्ने सुझाए ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ‘दक्षिणपन्थी अवसरवादी भड्काव’ देखिएको एमाले नेता खनालले आरोप लगाए । ओलीमा दक्षिणपन्थी भड्काव देखिएको आधा