काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म)मा नेपालमा विभिन्न देशबाट ४ अर्ब ७५ करोड रुपैयाँको स्याउ भित्रिएको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ६ करोड २७ लाख ७८ हजार ५६१ केजी स्याउ नेपाल भित्रिएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ३ अर्ब ९५ करोड ३१ लाख २९ हजार रुपैयाँको स्याउ नेपालले आयात गरेको थियो।