काठमाडौं,२५ माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समितिसमक्ष बयान दिएर फर्किएका छन् । बिहीबार पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महराले पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समिति समक्ष बयान दिएका हुन् । विद्युतीय चुरोट (भेप्स) मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको […]