काठमाण्डौ – नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले गृहमन्त्रीले केटाकेटीपन देखाएको टिप्पणी गर्नुभएको छ । उहाँले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रीपरिषदमा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गर्नुभएको छ ।आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै यस्तो टिप्पणी गर्नुभएको हो ।सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधिभन्दा प्रतिपक्षको भूमिकामा उभिने भन्नेबाट कानूनको पालना नहुने ...