प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले काठमाडौं तराई फास्ट ट्र्याकको पुल र सुरुङ निर्माणका लागि नेपाली सेनाले गरेको टेन्डरको दोस्रो प्याकेज रद्द गरेर पुनः प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीवार बसेको लेखा समिति बैठकले प्रतिस्पर्धा हुन नसकेको दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनः प्री-क्वालिफिसकेन शुरू गर्न निर्देशन दिने निर्णय गरेको हो ।
प्रतिस्पर्धा हुन नसकेको दोस्रो प्याकेज रद्द गरेर फेरि प्रक्रिया शुरू गर्न निर्देशन दिने निर्णय भएको समिति सचिव डा. रोजनाथ पाण्डेले ...