नागढुंगा सुरुङमार्ग : मुख्य सुरुङ चार सय र रेस्क्यु सुरुङ ३५ मिटर खन्न बाँकी
अबको केही महिनामा रेस्क्यु सुरुङ जोडिसक्ने र छिट्टै मुख्य सुरुङ जोड्ने तयारी छ । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको छ ।
दोस्रोपटक थप गरिएको म्यादमा पनि नागढुंगा सुरुङमार्ग आयोजना नबन्ने भएको छ । अप्रिल ०२३ सम्म रहेको ठेक्काको म्याद दुईपटक थप गरेर २५ अप्रिल ०२४ सम्म पुर्याइएको छ । तर, आयोजनाको पछिल्लो प्रगतिअनुसार...
काठमाडौं, कात्तिक २८ । देशकै पहिलो र बहुप्रतिष्ठित काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग तोकिएको अवधिमा नसकिने देखिएको हो । हालसम्म आयोजनाको समग्र भौतिक निर्माणको काम ४४ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको निर्माण अवधि अब करिब […]
निर्माणाधीन नागढुंगा सुरुङमार्ग सुरुङ निर्माणको काम ४३ दशमलव ३५ प्रतिशत सम्पन्न भएको छ । अडिट र मुख्य गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइ सुरुङ खन्नुपर्नेमध्ये दुई हजार तीन...
३० कात्तिक, काठमाडौं । शिलान्यास भएको दुई वर्षमा पनि सिस्नेखोला–दहचोक (नागढुंगा) सुरुङमार्ग आयोजनाको मुआब्जा विवाद सुल्झिएको छैन । यसका कारण आयोजनामा सुरुङसहित बाहिर गर्नुपर्ने फ्लाइओभर र मूल सडकसम्म जोडिने पहुँच सडक निर्माणको काम प्रभावित बन्ने अवस्था छ । सुरुङभित्र र बाहिर समानान्तर ढंगले काम नभएपछि विवाद समाधानमा सरकारले सक्रियता भने देखाएको छ । सोमबार जिल्ला […]
संसदीय समितिले स्थानीयबासीलाई विस्थापित नहुने गरी नागढुंगा सुरुङमार्ग निर्माणकार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद, राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको टोलीले आइतबार राष्ट्रिय गौैरवको आयोजनाको रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि स्थानीयबासी विस्थापित नहुने गरी काम सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो । संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका […]