जयपृथ्वी राजमार्ग : दैनिक पहिरो, यात्रु सास्तीमा

बैतडी– बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावर, ज्यापु, ढोल्यामोड, मोतीनगरसहित विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ । बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका पनि यही राजमार्ग भएर जानुपर्दछ । यही असार १० गतेदेखि हालसम्म उक्त राजमार्ग […]

सम्बन्धित सामग्री

हिमपातले बन्द भएको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेन

बझाङ । बझाङको जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । गत विहीबारदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको हो । हिमपातले ह्वात्तै चिसो बढेको र बाटोमा राम्रो बस्ने ठाउँसमेत नहुँदा निकै समस्या भएको यात्रुहरुले गुनासो गरेका छन् । धनगढी, महेन्द्रनगर, काठमाडौंबाट भित्रिने साना–ठूला सबै सवारीका साधन बैतडीको आलु गैरामा रोकिएका छन् भने बझाङबाट […]

जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

बैतडी । हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबार दिउँसोदेखि बन्द रहेको हो । राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवहाक तथा मालवहाक सवारी साधनबीच बाटोमै रोकिएका छन् । […]

एक महिनापछि खुल्यो जयपृथ्वी राजमार्ग

बझाङ – गएको कात्तिकमा परेको भारी वर्षासँगैको बाढी, पहिराका कारण अवरुद्ध बझाङ सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै शनिबारदेखि राजमार्ग सञ्चालनमा आएको हो । बाढीपहिराका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न […]

जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

बझाङ, भदौ २७ । तीन दिनदेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन । सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो । सडक अबरुद्ध बनेपछि सदरमुकाम चैनपुर भित्रिएका लामो तथा छोटो दुरीका सवारी साधनहरु सदरमुकाममै थन्किएका छन् । राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभएको छ ।

पाँच दिनपछि पुनः सञ्चालनमा आयो जयपृथ्वी राजमार्ग

सडक भासिँदा पाँच दिनदेखि अवरूद्ध जयपृथ्वी राजमार्ग बिहीबारबाट पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण गएको आइतबार बैतडीको पाटन नगरपालिका ८ झौलेकमा सडक भासिँदा राजमार्ग अवरुद्ध बनेको थियो।

जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी, साउन १८ । लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्गअन्र्तगत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा अवरुद्ध भएको हो । सडक भासिएर भत्किएकाले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग सोमबार बिहानदेखि पूर्ण […]

जयपृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो ।  सडक भासिएर भत्किएकाले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग आज बिहानदेखि पूर्ण रुपमा बन्द रहेको छ । भाँसिएको सडक भत्काएर किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले जानकारी दिए । उनले भने,“पर्

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । पहिरोका कारण जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ । बैतडीको खोड्पे– बझाङ सडक खण्ड अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । वर्षाका कारण बिहीबार राती १० बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ तर्फ जाने गाडी र बझाङबाट […]